पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै राँके जुलुस
काठमान्डौ – पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध गरेको भन्दै राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले राँके जुलुस निकालेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै राप्रविसं नेपालले काठमाडौंमा ठाउँ ठाउँमा राँके जुलुस निकालेको हो।
विगत तीन महिनामा रू १०३ प्रतिलिटरबाट बढाएर अहिले पेट्रोलको मूल्य रू १५० प्रतिलिटर पुर्याइएको छ। आयल निगमले शुक्रबार रातीदेखि लागु हुनेगरी एकैपटक पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको थियो। यस पटकको मूल्यवृद्धिविरुद्द भने अन्य पार्टीका विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छैनन्।

