Gold
Bangad salyan

१६ वटा युट्‍युव च्यानललाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

फागुन २१, काठमान्डौ – प्रेस काउन्सिल नेपालले १६ वटा युट्‍युव च्यानलाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेको छ ।

शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेका हुन् ।

नायक पल शाहलाई गायिका समिक्षा अधिकारीले करणी सम्बन्धि जिल्ला प्रहरी कार्यलयमा तनहुँमा जाहेरी दिएकि छिन। अहिले शाह प्रहरी हिरासतमा छन। समिक्षाले पललाई फसाउन खोजेको भन्दै आ आफ्ना प्रतिक्रिया युटुबमा आईरहेका छन।

यी हुन कारबाही गर्न सिफारिस गरेका च्यानल
१. टिसिने नेपाल
२. सुपर अनलाइन
३. ए वान समाचार
४. मिडिया ताजा खबर
५. नेपाली मन मिडिया
६. पुमा गौरव राई
७. नौलो शुभ अनलाइन
८. नयाँ खोज नेपाल
९. लक्ष्मण म्युजिक मिडिया
१०. अर्घाखाँची मिडिया
११. विशाल नेपाल
१२. मुन अफ नेपाल
१३.डिएमजी नेपाल
१४. नेपाली माटो
१५. समर्पित प्रकाश
१६. राताेपाटी मिडिया (नाेट: राताेपाटी डटकमकाे युटुव हाेइन)