Gold
Bangad salyan

पल शाहलाई फसाउ खोज्ने समिक्षालाई ६ बर्ष जेल सजाय

फागुन २३,काठमाडौं -अभिनेता पल शाहविरुद्ध ‘नाबालिग’ बताउने एक गायिकाले बलात्कारको जाहेरी दिएपछि अहिले सामाजिक संजालभरी पक्ष विपक्षमा मतान्तर देखीएको छ।

आफु लाई गायिका बताउने समिक्षा अधिकारिले अभिनेता पूर्णविक्रम (पल)शाहले बिहेको प्रलोभन देखाएर करणी गरेको भन्दै तनहुँ जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएकि थिइन।

जाहेरी दरखास्त दर्ता भई पक्राउका लागि अनुमति प्रदान भएको पाँचौं दिनमा नायक पल शाह आफै जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए । जाहेरीमा केटि १८ बर्ष नपुगेको उल्लेख छ।

लगत्तै प्रहरीले निजलाई अनुसन्धानका लागि हिरासतमा राख्न संहिताको दफा १४ बमोजिम अदालतमा हाजिर गराई ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

नेपालको संविधान २०७२ को धारा १८ ले व्यवस्थित गरेको समानताको हकको प्रावधानअनुसार उनलाई पनि अनुसन्धान अधिकारीले आम नागरिकसरह समान व्यवहार गरी अनुसन्धान गर्नुुपर्छ ।

त्यसमा कसैको दबाब प्रभाव वा आग्रहले काम गर्नुहुन्न । तर, मुद्दाको अनुसन्धानका क्रममा भने अनुसन्धान अधिकारीले केही गम्भीर ढंगले उठेका प्रश्न, ती प्रश्नसँग जोडिएका, जोडिन सक्ने पात्रहरू र तिनले पल शाहलाई बर्बाद पार्नका लागि बनाएको योजना र रचेको परिपञ्च भनी चर्चामा आएका विषयसमेतलाई मध्यनजर राखी तिनलाई समेत अनुसन्धानको घेरामा ल्याई अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ ।

अनुसंधान पछि यौनहिंसा ठहरे पललाई नेपालको कानुन अनुसार १२ वर्षसम्मको कैद हुने उल्लेख छ भने जाहेरी गलत भए किशोरीलाई ६ वर्ष जेल हुने कानुनमा उल्लेख छ।

केटि समिक्षा अधिकारि आफू लाई कलाकार बताउने दुर्गेश थापा सरोज लगायतले पैसाको प्रलोभनमा पल शाहलाई फसाउन र मार्ने योजना समेत बनाएको गोप्य अडियो बाहिरीएका छन। उनिहरुउपर अहिले प्रहरीले अनुसंधान गरिरहेको छ।