Gold
Bangad salyan

किरण केसीले आफ्नो जन्मदिनमा घोसना गरे चलचित्र दाल भात ,,

असार १५ – चलचित्र सत्रु गते बाट बम्पर कमाई भयपछि निर्माता किरण केसीले अर्को चलचित्र निर्माण गर्ने भयका छन् ।जुन चलचित्रको नाम दाल भात रहने छ। किरणले आफ्नो जन्मदिनमा उक्त चलचित्रको घोसना गरेका छन् ।दाल भातलाई उनका छोरा सुजन केसीले निर्देसन गर्ने छन् ।

चलचित्रलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गर्दैछन् भने कलाकार सत्रु गतेकै रहने जानकारी किरणले गरेका छन् ।चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसीको साथमा दिपकराज गिरी र दीपाश्री निरौलाको पनि मुख्य भूमिका रहने वुझिएको छ । कार्यक्रममा हाँस्य ब्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै कलाकार सन्तोष पन्तलाई सम्मान गरिएको थियो भने यस्तै, पत्रकारिताको माध्यमबाट हाँस्य ब्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पत्रकार विदुर गिरीलाई सम्मान गरिएको थियो ।