गायक प्रकाश सपुतलाई सामाजिक संजालमा रिप
फागुन २९,काठमान्डौ – गायक प्रकाश सपुतलाई समाजिक संजालमा रिप लेख्ने गरिएको छ। प्रकाश सपुतले बजारमा पठाएको गीत पिर विवादमा तानीएपछि उनलाई देश बाहिर भित्रबाट रिप र हार्दिक श्रद्धाञ्जली लेख्ने गरिएको छ ।
उनले सार्वजनिक गरेको गीतमा महान १० बर्ष जनयुद्धमा होमिएका महिला लडाकु यौन पेशामा लागेको देखाईएको छ। जनयुद्धको ईतिहास मेटाउन खोजेको र लडाकुलाई नारी देह व्यपारमा लागेको देखाएको भन्दै माओवादीका पुर्व लडाकु लगायत नेता कार्यकर्ताले प्रकाश सपुतलाई तत्काल गीत हटाउन चेतावनी दिएका छन।
बरु भोकभोकै मर्न सक्छिन, सडकमा गिट्टी कुट्न सक्छिन तर आफ्नो स्वाभिमान गुमाएर व्यस्या बन्न सक्दिनन् । बन्दुकको नालाबाट जन्मिएकी महान योद्धा(नारी)हरुको चरित्र हत्या गर्ने प्रकाश सपुतले गीत तत्काल नहटाइए सहेर नबस्ने उनीहरुले बताएका छ्न।

