कोठा सम्म पुगेर गुड नाईट भने तर जबर्जस्ती भने गरिन : नायक पल शाह
फागुन २९, काठमान्डौ – अभिनेता पल शाहले आफूबिरुद्ध बलात्कार आरोप लगाउने नाबालिग महिलामाथि जबरजस्ती नगरेको वयान दिएका छन् ।
नायक शाहले नवलपरासीको कावासोतिस्थित सरकारी वकिलसामू वयानका क्रममा जवरजस्ती नगरेको तर राति गुडनाइट भन्न गएको भनेर वयान दिएको प्रहरी श्रोतले जनाएको छ ।
स्रोतका अनुसार पलले सरकारी वकिलसामु बयानका क्रममा भने, ‘‘सुटिङका क्रममा हामी भेटिएका हौँ । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेँ । तर जबरजस्ती गरिन। गायिका र मेरो कोठा चाही नजिकै थियो । १०१ नम्बर कोठामा म थिएँ । र गायिका १०२ नम्बर बसेकी थिइन् । होटल सुटिङ युनिटले बुक गरेका हुन् । को -को कहाँ रहे भन्नेबारे सबै थाहा भएन,’ उनको भनाइ उदृत गदै प्रहरी स्रोतले भन्यो।
आफू लाई गायिका बताउने समिक्षा अधिकारिले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै पलबिरुद्ध उजुरी दिएकी थिइन् । उनले उजुरमा आफू नाबालिग भएको उल्लेख गरेकी छिन।
ती नाबालीगले गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् ।
सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट पल शाहलालाई गैडाकोटमा ल्याइएको थियो । गैडाकोटमा संकलित प्रमाण र वयानसमेत तनहुँमा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिनको म्याद थपेको थियो । त्यसपछि दोस्रो पटक १२ दिनको म्याद थपेको छ । घटनाकोको थप अनुसंधान भैइरहेको प्रहरीले जनाएको छ।

