Gold
Bangad salyan

माओवादी छाडेका कर्णालीका सांसद विष्ट एमालेमा जाँदै

चैत ६ काठमान्डौ – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक सांसद ठम्मर बहादुर विष्ट नेकपा (एमाले) प्रवेश गर्ने भएका छन्।

आइतबार दिउँसो साढे १२ बजेबाट सुरू हुने एमालेको बृहत कार्यकर्ता भेलामा सहभागी भएर उनी एमालेमा समाहित हुन लागेका हुन्।विष्टलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए।

सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित विष्टले केही दिनअघि संसद, संसदीय दल र पार्टीबाट राजीनामा दिएका थिए। सांसद पदबाट दिएको राजीनामा पत्रमा उनले शनिबार मात्र हस्ताक्षर गरेका थिए।

यता माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलले उनलाई निष्कासन गरेको भन्दै विज्ञप्ति निकालेको छ। यसअघि संसदीय दलले उनलाई राजीनामा फिर्ता लिन निर्देशन दिएको थियो। माओवादीबाट अलग्गिएको घोषणा गरेपछि उनलाई सदस्यसमेत नरहने गरी निलम्बन गरिएको छ।