Gold
Bangad salyan

कर्णालीमा माओवादीका प्रमुख सचेतक ठम्मर विष्ट निलम्बित

चैत ६ काठमान्डौ -सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मरबहादुर विष्टलाई निश्कासन गरेको छ।

दलको विधान विपरित अभिव्यक्ति र गतिविधि गर्दै आएको भन्दै चैत्र ३ गते बसेको प्रदेश सभाको बैठकले पार्टीबाट निष्कासित गरको जनाइएको छ ।

विष्टले पार्टीको विधान विपरितका अभिव्यक्ति निरन्तर दिँदै आएको र प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेको विषयमा छलफल गर्न प्रदेशको बैठक बसेको कारवाही गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशिल हुन निर्देशन दिएपनि विष्टले अवज्ञा गरेको बताइएको छ ।