झलनाथ खनालको क्षेत्रमा एमालेको शक्ति प्रदर्शन
चैत ६ ,काठमान्डौ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आइतबार इलामको सूर्योदय नगरपालिकामा आयोजित जनसभामा सहभागी भएका छन् ।
फिक्कल चोकमा आयोजित उक्त जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्दैछन् भने ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्दैछन् । फिक्कल बजार इलामको निर्वाचन क्षेत्र नम्बर १ नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए ।
खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गरेको हो । नसभामा विभिन्न पार्टी छोडेर नेकपा एमालेमा पर्वॆश गर्नेहरुलाई अध्यक्ष केपी ओलीले स्वागत गरेका छन्।

