Gold
Bangad salyan

एमालेको केन्द्रीय कमिटी बैठकमा पत्रकारहरुको कुटा कुट

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बबहरमहलमा पत्रकारबिच कुटाकुट भएको छ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी केन्द्रीय कमिटीको बैठक बाहिर बाह्रखरीका फोटो पत्रकार हरिश क्षेत्री र हिमालय टेलिभिजनका क्यामेरा पर्सन श्याम थापाबीच कुटाकुट भएको छ ।

दिउँसो १२ बजेको समयमा उनीहरू कुटाकुटमा उत्रिएका हुन्।  हरिश क्षेत्रीले आफूलाई अपशब्द प्रयोग गरेकाले हात हालेको हिमालयका क्यामेरा पर्सन थापाले बताए।

तर, क्षेत्रीले भने पहिला थापाले आफूलाई अचानक जथाभावी बोल्दै आक्रमण गरेको बताए। हरिशले भने, ‘उनले कुनै भ्रम राखेर मलाई आक्रमण गरेका रहेछन्।

पछि हिमालय टिभीको अफिस पुगेर गल्ति भयो भन्दै माफ मागिसकेका छन्। कुटा कुट गरेका उनीहरुलाई प्रहरीले छुट्याइएको थियो।