Gold
Bangad salyan

केपी ओलीको भाषण टुक्का मन पर्यो त्यसैले एमालेमा प्रवेश गरे : अभिनेत्री करिश्मा मानन्धर

चैत १०,काठमान्डौ – अभिनेत्री करिश्मा मान्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण मन परेर एमालेमा प्रवेश गरेको बताएकि छिन।

गत मंगलबार एमालेमा प्रवेश गरेकी उनले पार्टी प्रवेश गरेपछि बोल्दै अध्यक्ष ओलीलाई फर्काउन हैन साच्चिकै भन्दै छु।

उँहाको मलाई भाषणनै मन पर्छ त्यसैले एमालेको कार्यकर्ता बन्न मन लागेर पार्टी प्रवेश गरे उनले भनिन। मेरो एमालेमा प्रवेश गर्नु कुनै स्वार्थ छैन ,कुनै पदको सौदाबाजी ,आग्रह पनि पनि छैन कसैमा भ्रम नपरोस। म नितान्त एमाले कार्यकर्ता भएर जोडिन आएकि छु पार्टीले जिम्मेवारी दिए पछि भने हट्ने छैन उनले भनिन ।

यस्तै जनतालाई भिजन देखाउने गुण भएको नेता केपी ओली भएको पनि उनले बताईन। केपी ओलीको इनर्जी देखेर चकित भएकी छु’, उनले भनिन्, ‘एकदिन गएर उहाँलाई भेटे। उहाँको कुरा सुनेर म कहिलै थाक्दिनँ। त्यसैले एमाले प्रवेश गरेकी हु अभिनेत्री मान्धरले भनिन। करिश्मा यो भन्दा पहिले बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिमा सक्रिय थिइन्।