Gold
Bangad salyan

सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

काठमान्डौ – काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरले ठक्कर दिँदा दुई दिदीबहिनीको मृत्यु भएको छ ।

बुधबार बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट मृत्यु भएको हो ।

बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उनिहरुको घटनास्थलमै ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको छ ।दुर्घटनापछि टिपर चालक फरार भएका छन् ।

अहिले स्थानीय बासिन्दाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरिरहेका छन् । भीड बढ्दै गएपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ ।स्थानीयले चालकलाई अगाडि नल्याए सम्म प्रदर्शन नरोक्ने बताएका छन।