Gold
Bangad salyan

सहमतिमा यौन सम्बन्ध राखेर जबरजस्ती करणी मुद्दा हाल्ने किशोरीलाई ३ बर्ष कैद

कमठमाडौँ — जिल्ला अदालत अछामले आफूमाथि जबरजस्ती करणी भएको भनी मुद्दा हाल्ने एक किशोरीलाई ३ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।

न्यायाधीश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी १९ वर्षीया किशोरीलाई जेल सजाय तोकेको हो ।

गत माघ १५ गते घरमा हात माग्न आएको २० वर्षीय पुरूषले बलात्कार गरेको भन्दै सोही महिनाको १७ गते ती किशोरीले प्रहरीसमक्ष जाहेरी दिएकी थिइन् ।

फोनमा केही दिन कुराकानी भएपछि विवाहको प्रस्ताव लिएर घरमा आउने कुरा उनीहरूबीच भएको थियो। घरमा पुगेका पुरूषले किशोरीकी आमासमक्ष विवाहको कुराकानी गरेका थिए ।

सोही सिनको राति अबेरसम्म उनीहरूबीच कुराकानी भएको थियो भने किशोरीको कोठामा पुरूष पनि सुत्न गएका थिए । खाटमा बहिनीसँग सुतेकी किशोरीलाई भुइँमा सुतेका पुरूषले तानेर जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

तर पुरूषले युवती राति खाटबाट सुत्न आएको र सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए । किशोरीले पनि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएको कुरालाई अदालतले आधार बनाएको छ ।

सहमतिमा यौनसम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको ठहर गर्दै अदालतले बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरूषलाई सफाइ दिएको छ ।

पीडित पक्षलाई फैसला चित्त नबुझे ७० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न म्याद दिइएको छ ।