Gold
Bangad salyan

बागी उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रको निर्देशन, फिर्ता नलीए कडा कारवाही

काठमान्डौ – नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

माओवादी बागमती प्रदेश प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले मंगलबार विज्ञप्ति जारी गरेर पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र चिन्ह लिँदै बागी उम्मेदवार दिने पार्टीका सबै सदस्यलाई वैशाख १५ गतेभित्र अनिवार्य उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविपरीत कदम नचाल्नका लागि निर्देशन गरेका छन्।

तोकीएको समय सिमा १५ गतेभित्र सबै बागी उम्मेदवार मनोनयन फिर्ता नलिए पार्टीको निर्वाचन निर्देशिकाअनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाइने माओवादीले चेतावनी दिएको छ।

पार्टी र गठबन्धनको आधिकारिक उम्मेदवारलाई सहयोग नगरी बागी उम्मेदवार तथा विपक्षी दलका उम्मेदवारलाई खुल्ला वा छदम सहयोग पुर्‍याउने कार्य गर्ने सबैलाई बागी उम्मेदवारकै स्तरको गल्ती मानी कडा कावाही गरिनेछ,’ विज्ञप्तमा भनिएको छ।

प्रतिगमनकाविरुद्ध पाँच दलीय गठबन्धनलाई र वैज्ञानिक समाजवादका लागि माओवादी केन्द्रका उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।