Gold
Bangad salyan

आफैले गल्ती गरेर ट्रक चालकलाई कुट्ने व्याक्ती पक्राउ

वैशाख १३

पोखरा – आफैले गल्ती गरेर ट्रक चालकलाई कुटपिट गर्ने मोटरसाईकल चालकलाई प्रहरीले पक्राउ गरेको छ।

गत ११ गते कास्की पोखरा महानगरपालिका वडा नं.५ फिर्के पुल स्थित पोखरा बाग्लुङ सडक खण्डमा सवारी दुर्घटना पश्चात् मोटरसाईकल चालकले ट्रक चालकलाई कुटपिट गरेकोभिडियो सामाजिक संजालमा भाईरल बनेको थियो।

मोटरसाईकल चालक म्याग्दी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१९ लामाचौर बस्ने वर्ष ४३ को मिन बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनलाई शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ । मगरले आफै गल्ती गरेर ट्रक ड्राईभरलाई कुटपिट गरेका थिए ।