स्वतन्त्र उम्मेदवारका लागि चिल देखि बँदेल भ्यागुतो चुनाव चिन्न प्रदान
काठमान्डौ – स्थानीय तह निर्वाचनमा भाग लिन उम्मेदवारी मनोनयन दर्ता गराएका ८ हजार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्ने दिएको समय शुक्रबारसम्म बागी र स्वतन्त्रसहित ८ हजारले उम्मेदवारी फिर्ता लिएका छन्।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कूल एक लाख ५३ हजार २२० जनाको उम्मेदवारी परेको बताए। यसमा ८ हजार उम्मेद्वारले नाम फिर्ता लिएको उनले जानकारी दिए।
स्थानीय चुनावको लागि अब १ लाख ४५ हजार उम्मेवार चुनावी प्रतिस्पर्धामा छन्। यस्तै आयोगले देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ। यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको उनको भनाइ छ।
राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रम सङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिएको छ। त्यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइएको छ।
यस्तै स्वतन्त्र उम्मेदवारका लागि खसीको टाउको ,पुतली ,बँदेल ,भ्यागुतो, गुलावको फूल, भुइकटहरदेखि लौरी जस्ता निर्वाचन चिन्ह प्रदान गरिएको छ।
file:///C:/Users/user/Downloads/combinepdf.pdf

