Gold
Bangad salyan

एकीकृत समाजवादी र माओवादी केन्द्र कांग्रेसको जिउमा भन्किएका झिंगा : ओली

वैशाख २४

काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र कांग्रेसको जिउमा भन्किएका झिंगा धपाउने झम्के पछ्यौरी भएको आरोप लगाए।

शनिबार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भनी टिप्पणी गर। वडामा समेत एमालेसंग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको ओलीले बताए ।

त्यस्तै बाँडीचुडी खान नेपाली काङ्ग्रेस,नेकपा माओवादी केन्द्रलगायतका दलले गठबन्धन गरेको पनि ओलीले बाताए। बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत नदिन समेत उनले बताए। ओलीले भने गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा छ म इटहरी विकासको जिम्मा लिन्छु । तपाईंहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस।