एमालेलाई भोट हाले सबैलाई रोजगारी दिन्छौ :ओली
काठमान्डौ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्वदेशमै पाँच लाख बढीलाई रोजगारी सिर्जना गर्ने बताएका छन्। एमालेले विराटनगर महानगरपालिकामा शनिबार आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै ओलीले एमालेले पाँच जनालाई मलेसिया पठाउने होइन पाँचौं लाखलाई रोजगारी दिने बताएका हुन्।
कांग्रेस नेतृ आरजु राणा देउवाले केहि दिन अगाडी मात्र कांग्रेसलाई भोट हाल्नेलाई फ्रि भिसामा मलेसिया पठाउने भन्दै दिएको अभिव्यक्ति प्रति ओलीले जावाफ दिद्दै एमालेले रोजगारीको अवसर मुलुकमै सिर्जना गर्ने बताए। यस्तै एमालेले सरकारको नेतृत्व गरे युवाहरु विदेश जानुनपर्ने बताएका हुन्।
यस्तै शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर बनाएको ओलीले आरोप लगाए। देउवा सडेको ढोडको लौरो टेकेर हिँड्नु भएको छ। त्यस्ताले के सगरमाथा चढ्छन उनले भने। त्यस्तै एमाले संग एकलाई चुनाव लड्न नसकेर गठबन्धन गरेको समेत ओलीले आरोप लगाए।

