Gold
Bangad salyan

राष्ट्रपतिले गरिन् संसद अधिवेशन आह्वान

बैशाख २५

काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन्।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद अधिवेशन डाकेकी हुन्।

आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुरूप राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।