Gold
Bangad salyan

नौमुलेका अध्यक्ष भदे सरकारको अर्को कर्तुत साडे २० करोड बेरुजु फछ्र्यौट गर्नै बाकी

बैशाख २६

दैलेख – स्थानीय सरकारले जनतालाई सेवा गर्ने हो। नेपालमा थुप्रै स्थानीय तहका सरकारहरुले राम्रा काम गरेका उदाहरणहरु पनि छन् भने कतिपय स्थानीय सरकारले अपारदर्शी र भ्रष्ट कार्य गरेको हामीले घाम जस्तै छर्लङ्ग देख्न पाउछौँ।

अनियमितता र बेरुजु देखिने अन्तरगत को एउटा पालिका हो दैलेखको नौमुले।
२०७४ सालको पहिलो स्थानीय निर्वाचनमा कांग्रेस बिजय भएको थियो। कांग्रेस बाट एउटा गुमनाम पात्र भदे बुढा ले गाउँ सरकार को नेतृत्व गर्ने मौका प्राप्त गरे।

दैलेखमा पटकपटक विवादमा आइराख्ने अध्यक्ष मध्ये अग्रपंक्तिमा उनकै नाम अगाडि आउछ ।
धाइरोघारी जग्गा काण्ड,चामल काण्ड ,सडक काण्ड ,हस्पिटल काण्ड ,पालिका भन्दा बाहिरका लाई रकम वितरण ,महिनैभरी को भ्रमण भत्ता खाने लगायत का कामहरु अध्यक्ष बुढा ले गरेका छन् ।

उनले सरकारी नियम बिपरित रकम  दिई २०७७/७८मा २० करोड ४० लाख ९ हजार ६ सय २१ बेरुजु फछ्र्यौट गर्नै बाकी छ।

फेरि गाउँपालिका अध्यक्ष बन्न कस्सिएका छन् उनै भदे बुढा। करोडौं पैसा खर्च गरेर भए पनि भोट खरिद गर्ने दाउमा भदे बुढा देखिएका छन ।

यो पनि
अध्यक्ष र उपाध्यक्ष को लापरबाहीले अस्पताल निर्माण अलपत्र!”
दैलेखको नौमुले मा निर्माण हुन लागेको अस्पताल गाउँपालिका को लापरबाहीले अलपत्र परेको छ।

सत्र करोड लागतमा बन्न लागेको अस्पतालको डिपिआर अध्यक्ष र उपाध्यक्ष को मिलेमतोमा पालिका कै इन्जिनियर लाई गर्न लगाइ रकम फछ्र्यौट गरिसकिएको छ।

अस्पताल निर्माण गर्ने जग्गा ३२ मिटर मात्रै भएको मा डिपिआर गर्दा ५१ मिटर बनाएर पास गरिएको खुल्ल आएको छ।

यस्तो झुटो कागज मिलाउनमा अध्यक्ष भदे बुढा ,उपाध्यक्ष अमृता सिहं  र इन्जिनियर किरण केसि को मिलेमतो देखिन्छ।
उपाध्यक्ष अमृता सिहं निर्वाचन आचारसंहिता बिपरित सरकारी निवास प्रयोग गर्दै आएकी छन् ।