भरतपुरमा गतबन्धनविरुद्द सक्रिय रहेका कांग्रेसका पूर्व सांसदसहित पाँच जना निलम्बन
बैशाख २९
काठमान्डौ – नेपाली कांग्रेसले बागी उम्मेदवारी दिन उस्काएको र सहयोग गरेको भन्दै पाँच जनालाई निलम्बन गरेको छ।
कांग्रेसले चितवनको भरतपुर घर भएका पूर्व सांसद भीमबहादुर श्रेष्ठ, तरुण तलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दल चितवनका पूर्व जिल्ला सचिव आनन्दराजन राउत र क्रियाशील सदस्य डाक्टर केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरेको हो ।
उनीहरूले केन्द्रीय निर्देशन विपरीत पाँच दलीय गठबन्धनका उम्मेदवारहरूका विरुद्धमा सक्रिय रहेर पार्टीको विधान र अनुशासनभन्दा बाहिरको काम गरेको कार्यवाहक मुख्यसचिव डाक्टर प्रदीप पराजुलीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
पूर्व सांसद श्रेष्ठसहित पाँच जनाले चितवनको भरतपुर महानगपालिकामा गठबन्धनका उम्मेदवारको विपक्षमा क्रियाकलाप गरेको कांग्रेसको भनाई छ। नेपाली कांग्रेसले वागी उमेद्वारलाई पहिलेनै उमेद्वारी फिर्ता लिन समेत विज्ञप्ति मार्फत जानकारी गरेको थियो।

