Gold
Bangad salyan

कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप प्रहरीले हान्यो ११ राउण्ड हवाई फायर

बैशाख २९

मुगु – मुगुको सोरु गाँउपालिका ३ मा बुधबार राति ११ बजे कांग्रेस र माओवादी कार्यकर्ताबीच भयङ्कर विवाद र झडप भएको छ। झडप नियन्त्रण गर्न प्रहरीले ११ राउण्ड हवाई फायर गरेको छ।

कांग्रेस कार्यकर्ताले सोरु गाँउपालिका ३ मा माओवादीबाट वडाध्यक्षका उम्मेदवारको घर घेराउ गरेपछि दुई समूहबीच झडप हुने अवस्था आएपछि प्रहरिले भिड नियन्त्रण ११ राउन्ड हवाई फायर गरेको बुझीएको हो।

माओवादीबाट उम्मेदवार मनकला रोकायाको घर घेराउ गरी दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि भिड नियन्त्रण लिन गरु माबि मतदान केन्द्रमा खटिएका प्रहरीले हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ।

कांग्रेस कार्यकर्ताले मनकला रोकायाको घर घेराउ गरेपछि दुवै समूहबीच झडप हुने देखिएछी सुरक्षाका लागि हवाई फायर गरेर भिड नियन्त्रण गरेको प्राहरिले जनाएको हो।

अहिले सुरक्षाका लागि सोरु गाँउपालिका सोरुकोटबाट नेपाली सेना, जनपद र शस्त्र प्रहरीको थप टोली घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुभाष हमालले बताए।

बुधबार दिउँसोबाट दुई पक्षबीच भएको वादविवादले मतदान केन्द्रमा सर्वदलीय बैठकसम्म बस्न सकेको थिएन।प्रहरीले हवाई फायर गरेर भिड नियन्त्रण गरेपछि आज सर्वपक्षीय बैठक सम्पन्न भएको गुरु माबि मतदान केन्द्रका मतदान अधिकृत यमबहादुर मल्लले बताए।