Gold
Bangad salyan

दाङमा १०४ वर्षीया वृद्धाले गरिन मतदान

बैशाख ३० दाङ – दाङको देउखुरीमा १०४ वर्षीया वृद्धा कमला शर्माले मतदान गरेकी छिन। देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ को नवज्योति आधारभूत विद्यालय सिरिचाैर मसुरीयामा शर्माले मतदान गरेकी हुन्।

उनका छोरा गोबिन्द शर्माले करिब एक किलोमिटर टाढा रहेको घरबाट आमालाई बोकेर मतदान स्थलसम्म पुर्याएका हुन्।आमाले मतदान गर्ने इच्छा राखेपछि मतदान केन्द्र सम्म बोकेर लागेको हु गोबिन्दले भने।