Gold
Bangad salyan

श्रीमतीको हत्या गरेर जलाएका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ

काठमाण्डाै – सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला पक्राउ परेका छन्। काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालालाई बानेश्वरको एउटा घरमा लुकिरहेको अवस्थामा आज शुक्रवरा पक्राउ गरेको कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो दिए।

सर्वोच्च अदालतले हिजो आफ्नै फैसला उल्टाउँदै कोइरालालाई सर्वस्वसहित जन्मकैद गर्ने उच्च अदालतको फैसला सदर गरेपछि उनि फरार थिए।

यसअघि २०७७ सालको असारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको संयुक्त इजलासले कोइरालाको जन्मकैदको सजाय घटाएर साढे आठ वर्षको हुने फैसला गरेको थियो । त्यसपछि कोईराला रिहा भएका थिए। त्याे फैसलाको विरुद्धमा मृतक गीता ढकालका बुबाले निवेदन दिएका थिए।

कोइरालाले २०६८ सालमा श्रीमतीको हत्या गरेर बोरामा पोको पारेर मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर पेट्रोल छर्केर जलाएको अनुसन्धानबाट पुष्टि भएको थियो । तर कोइरालाले रिसको आवेगमा धकेल्दा श्रीमतीको हत्या भएको बयान दिएको भन्दै तत्कालीन प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय घटाउने फैसला गरेको थियो।