Gold
Bangad salyan

राप्रपाले आफ्ना माग पुरा नगरेको भन्दै सरकारविरुद्द मसाल जुलुस निकाल्यो

काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना माग पुरा नगरेको भन्दै सरकारविरुद्द मसाल जुलुस प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।

गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरेको राप्रपाले जनाएको छ । राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका थिए।

राप्रपाले महँगी नियन्त्रण, किसानलाई समयमै मल, बीउ उपलब्ध गराइनुपर्नेलगायत जनजीविकासँग सरोकार राख्ने मुद्दाहरुका साथै राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदुढीकरण, सुशासन र समृद्धिसँग सम्बन्धित माग सरकारसमक्ष पेस गरेको थियो।