काठमाडौं महानगरको सडकमा मकै बेच्ने गरिबमाथि आतंकबादी हमला
असार १७
काठमाडौं-काठमाडौंका सडकमा मकै बेच्नेमाथि नगर प्रहरीको लछारपछार गरेको छ। आज शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको थियो।
उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ भने धेरैले महानगरको विरोध गरेका छन्। भिडिओमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ।
नगर प्रहरीले उनीहरूमाथि लछारपछार गरेका छन्। महानगरले काठमाण्डौका विभिन्न स्थानमा बसेर मकै बेच्ने ,पानीपुरी ,पसल लगाउने ,मोबाइलक ग्लास इत्त्यादी बेच्नेहरुलाई लछारपछार गारेर उनीहरुको समान उथाउन्ने गरेका घटना बाहिरिने गरेका छन् । काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने बताएको थियो।

