Gold
Bangad salyan

सुर्खेतको ब्यूरेनीमा गुडिरहेको स्कुटरमाथि पहिरो खस्दा दुई जना घाइते

असोज २२

सुर्खेत – सुर्खेतको ब्यूरेनीमा गुडिरहेको स्कुटरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटी चालक वीरेन्द्रनगर नगरपालिका-४ का २९ वर्षको कमल पन्त र २५ वर्षका सुरेश नेपाली रहेको छन्।

शुक्रबार दिउँसो कर्णाली प्रदेश ००२००१ प ५३०४ नम्बरको स्कुटरमा वीरेन्द्रनगरदेखि छिन्चुतर्फ जाँदै गर्दा उनीहरुलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।

घाइते दुबै जनाको वीरेन्द्रनगरस्थित सुर्खेत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टाउँको र पाखुरामा चोट लागेका उनीहरूको अवस्था सामान्य रहेको डीएसपी कार्कीले जानकारी दिए ।

स्कुटर पहिरोमा पुरिएको प्रहरीले जनाएको छ। मिरंतर वर्षाका कारण स्कुटी निकाल्न नससकीएको प्रहरीले जनाएको छ। पहिरोको कारण सडक अवरुद्द भएपछि सुर्खेतबाट बाहिरने र भित्रिने सवारी साधानहरु ठप्प भएका छन् ।असोज २२