Gold
Bangad salyan

डा. गोविन्द केसीले मागे गगन थापालाई भोट

काठमाडौं – चिकित्सा शिक्षा सुधारको अभियन्ता डा. गोविन्द केसीले काठमाडौं,४ का उम्मेदवार गगन थापाका लागि आगामी चुनावमा मत मागेका छन् ।

एक भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको केसीले बताएका छन् ।

कति उपलब्धी त उहाँको सहयोग नभएको भए प्राप्त हुँदैनथ्यो’ केसीले भनेका छन्, ‘गगन थापा र उहाँजस्तै चरित्र भएका सबै युवा नेतालाई शुभकामना छ ।

आफ्नो विवेकमा उभिएर बोल्ने र त्यसमै अडिग रहन सक्ने युवा नेताहरुको सानो सूची रहेको भन्दै उनले गगन थापा उक्त सूचीको अग्रपंक्तिमा रहेको पनि बताएका छन् ।