Gold
Bangad salyan

जेलमा रहेका रेशम चौधरीका बुबा निर्वाचित

मंसिर ७,बर्दिया – बर्दिया-२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएाक छन्। उनी २६ हजार ५२० मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार ३८४ मत पाएका छन्। यस्तै एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत ल्याउँदा राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरेका छन्।

निर्वाचित चौधरी टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका पूर्वसांसद रेशम चौधरीका बुवा हुन्।
सुरूमा यो क्षेत्रमा रेशम चौधरीले नै उम्मेदवारी दिएका थिए। आफ्नो उम्मेदवारी खारेज हुन सक्ने ठानेर उनले बुवालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए।