Gold
Bangad salyan

उपप्रधानमन्त्रीबाट हटाएमा खुसी छु :गृहमन्त्री रवि लामिछाने

काठमाण्डाै – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन ।

शनिवार आज प्रतिनिधि सभाको बैठकपछि उनले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भए पनि आफू भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाउन तयार रहेको उनले बताएका हुन।

उनले उपप्रधानमन्त्री पद सबैभन्दा पहिला आफ्नैबाट हटाउन सुरु गरे पनि तयार रहेको बताए । गृहमन्त्री लामिछानेले भने ‘उपप्रधानमन्त्री हटाउने भए पनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन ।

अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ । मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन ।

गृहमन्त्री लामिछानेले आफूले सरकारबाट काम गर्दा नतिजा निकाल्नेगरी काम गर्ने पनि बताए । उनले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै समात्ने पनि बताए ।

उनले भने’हामी नतिजा निकाल्ने गरी काम गर्छौं । प्रहरी प्रशासनले नटेर्ने भन्ने हुँदैन आफ्नो व्याख्या हो । विज्ञप्ति जानकारीका लागि गरिएको हो । के भइरहेको छ भन्ने जानकारी दिनुपर्ने भएकाले हो ।

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन् ।

शनिवारको संसद् बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो ?’ भन्दै प्रश्न गरेका थिए ।माघ ७