Gold
Bangad salyan

गोरखा ताकुकोट सेवा समाज काठमान्डौको बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न

माघ २१

काठमान्डौ – गोरखा ताकुकोट सेवा समाज काठमाडौंको आज ७ औ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

उपप्रधानमन्त्री भौतिक पूर्वाधार यातायात मन्त्री नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यमा र बारपाक सुलिकोट गाउँपालीका अध्यक्ष बिष्णु भट्टको बिसेष आतिथ्यमा  ७ औ बार्षिक साधारण सभा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

त्यस्तै गोरखा बारपाक सुलिकोट गाउँपालीकाबाट एसिमा उतकृष्ट नम्बर ल्याउने विद्यार्थी हरुलाईलाई सम्मान कार्यक्रम सहित अन्य सास्कृतिक कार्यक्रम सहित नयाँ कार्यसमिति चयन गरेको छ ।

आज सम्पन्न सातौं बार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमति (२०७९-८१)
अध्यक्षः कृष्ण प्रसाद पनेरु
उपाध्यक्षः अनुप श्रेष्ठ
महासचिवः राजन बाबु श्रेष्ठ
सचिवः धिर्ज बहादुर उपरकोटी
कोषाध्यक्षः होम नारायण श्रेष्ठ( सन्जिव)
सदस्यः शारदा थापा खड्का
सदस्यः ईन्दिरा भट्ट ढकाल
सदस्यः नवराज सुवेदी
सदस्यःहरिराम आले मगर
सदस्यः भिम प्रसाद देवकोटा
सदस्यः मदन कुमार जोशी
सदस्यःध्रुब बाबु सुवेदी
सदस्यः शेर बहादुर गुरुङ (शितल)
तस्वीर : धिरज उपरकोटि