Gold
Bangad salyan

भेरीगंगामा पौडी खेल्ने क्रममा बगेर दुई जना वेपत्ता

माघ २६

 

सुर्खेत – सुर्खेत भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना वेपत्ता भएका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा विहिवार दिउँसो साढे एक बजेको समयमा दुई जना बगेर वेपत्ता भएका हुन् ।

वेपत्ता हुनेमा डोल्पाको ठुलीभेरी नगरपालिका घर भई हाल भेरीगंगा नगरपालिका वडा नम्बर ८ लादेमा दिदिकाे घरमा बस्दै आएका २२ वर्षीय मकर रोकाय सोही ठाउँका २१ वर्षीय बिबि रोकाय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट जहरे, ईलाका प्रहरी कार्यालय छिन्चु र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चिप्लेबाट करीब १३ जनाको प्रहरी टोलि खटिएको छ । वेपत्ता भएको दुबै जनाको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सोनारले जानकारी दिईन्