मन्त्री सुदन किराँतीको अभियानमा वाईसीएल नेपालको वृक्षारोपण र सरसफाई
काठमान्डौ – संस्कृति पर्यटन मन्त्री सुदन किराँती को अभियानमा पशुपति नाथ मन्दिर सरसफाई तथा वृक्षरोपण कार्यक्रम गरिएको छ।
उक्त कार्यक्रममा वाईसीएल नेपालपनि सहभागी जनाईरहेको छ। कार्यक्रममा वाईसीएल नेपालका अध्यक्ष सुबोध राज श्रीपाली, अखिल क्रान्तिकारि अध्यक्ष पन्चा सिंह , केन्द्रिय सदस्य धिरज उपरकोटि लगायतको उपस्तिथि रहेको थियो ।
मन्त्री किराँती को सरसफाई संगै भ्रस्टाचार मुक्त देश अभियान चलिरहेको छ। उक्त अभियानमा कलाकार टीका पुन , कृष्ण कडेल लगायत विभिन्न विध्यालयका बिध्यार्थी शिक्षक महिला संघ संस्थाले साथ दिईरहेका छन।
आज पशुपति नाथ मन्दिरको डोलेश्वरमा विभिन्न प्रकारका फूलहरु रोपियको छ । मन्त्री किराँतीको अभियानमा सहभागीता जनाउन धरानबाट पनि स्थानीयहरु आयर वृक्षारोपण गरेका छन। बैशाख ३०





