पुर्व गृहमन्त्री बादलका छोरा फरार अभियुक्त प्रतिक पक्राउ
काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा पक्राउ परेका छन।
पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका थिए । पक्राउ पुर्जी सहित पक्राउ परेका उनलाई प्रहरीले केही बेरमा परिसर लैजाने बताएको छ।
उक्त प्रकरणमा नेपाली काङ्ग्रेसका नेता पुर्व गृहमन्त्री बाल कृष्ण खाण पक्राउ परिसकेका छन भने एमाले सचिव टोप बहादुर रायमाझी फरार छन ।
रायमाझीका छोरा सन्दिप भने पक्राउ परेर हिरासतमा छन। ८७५ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुक पठाउने त १० दिखो ५० लाख सम्म ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । यो प्रकरणमा हाल सम्म प्रहरीले १३ जनालाई पक्राउ गरेको जनाएको छ।बैैैशाख ३१

