Gold
Bangad salyan

एक क्विन्टल सुन भित्र्याउने रेडिको दोलखामा रहेको घर

काठमान्डौ – एक क्विन्टल सुन भित्र्याउने कम्पनी रेडी ट्रेडका मालिक भनिएका २१ वर्षीय दिलीप भुजेलको दोलखामा भएको घर हो यो।

मेलुङ गाउँपालिका– १ पवटीको सिम्टेसम्म कच्ची बाटोको यात्रा गरेर आधा घन्टा उकालो पैदल लागेपछि आउने बिसौना टोल स्थित उनको घर पाताले बारेको अवस्थामा छ।

दिलीपका बुबा रामबहादुर काठमाडौंमै ज्यामी काम गर्छन्, गाउँमा रहेकी आमा कल्पना र पत्नी प्रमिला भन्छन् ।

पक्राउ परेका छोरा भेट्न काठमाडौं जान बाटोखर्च पनि छैन ।उनको जस्ताले छाएको यो घर जुन २०७२ को भूकम्पपछि सरकारी अनुदानसहित लागतमा बनेको थियो ।

गाउँमा परिवारको हातमुख जोर्न गाह्रो भएपछि दिलीप ६ महिनाअघि मजदुरी गर्न काठमाडौं आएका थिए ।

रेडिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । बुधबार काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा विभागको टोलिले छापा मारेको हो ।

त्यसक्रममा कम्तिमा ६६ कार्टुन ‘ब्रेक शु’ र दुई वटा सुटकेस बरामद भएको विभागका एक अधिकारीले जानकारी दिए।
बरामद सामग्रीमा सुन भए नभएको विषयमा परीक्षण हुन बाँकी रहेको विभागले जनाएको छ ।

सोह्रखुट्टेस्थित उक्त गोदाममा हङकङबाट आउने सुन भण्डारण हुने गरेको पाइएको अधिकारीहरु बताउँछन् ।

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘विभिन्न सामग्रीभित्र लुकाएर ल्याएको सुन त्यहाँबाट भारत लैजाने गरेको देखिएको छ ।

विभागले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा चिनियाँ नागरिक जीक्वाङ लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

उनको बालुवाटारस्थित गोदाममा ४ साउनमा विभागले छापा मारेको थियो ।

उनलाई गोदाम खोजिदिन सहयोग गरेको आरोपमा विभागले बुधबार नक्सालबाट नरेश पनि भनिने सुरेन्द्र तामाङलाई पनि पक्राउ गरेको छ ।

उनलाई गोदाम खोजिदिन सहयोग गरेको आरोपमा विभागले बुधबार नक्सालबाट नरेश पनि भनिने सुरेन्द्र तामाङलाई पनि पक्राउ गरेको छ।

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर साउन २ मा एक क्विन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो । हाल सम्मकै ठूलो सुन परिणाम फेला परेपछि गृहमन्त्रालयले विशेष अनुसंधान गरिरहेको छ। साउन ११