Gold
Bangad salyan

सुन् तस्करीमा बर्षमान पुन देखि नन्दकिशोरको संलग्नता

काठमान्डौ – सुन तस्करीको आरोपमा ठमेलबाट पक्राउ परेका दावा छिरिङ्ग चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्राएर कारोबार गराउने एजेन्ट भएको खुलेको छ ।

उनको कनेक्सन माओवादी केन्द्रका नेताहरूसँग देखिएको छ । विगतमा दावा छिरिङ्गको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा, उपमहासचिव वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग देखिएको छ।

यस अघि एक क्विन्टल सुन भित्राउने फरार तस्कर राकेश अडौकिया को संलग्नता नेपाली कांग्रेसका नेताहरु राष्ट्रपति राम चन्द्र पौडेल ,सुशिल कोइराला , अहिलेका अर्थ मन्त्री रामशरण महत संग देखिएको छ ।

राजस्व अनुसन्धान विभागका अधिकृतहरूले दुबै जनाको सुन तस्करीमा संलग्न भएको यथेष्ट प्रमाणहरू फेला परेकाले पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

सत्ताधारी दल नेपाली कांग्रेस र माओबादीका नेताहरु के कति कारणले राकेश र दावाको सम्पर्कमा पुगे भन्ने पनि अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करमा जुनसुकै दलको नेता संलग्नता भएपनि कारबाही गरेरै छोड्ने बताएका छन।फाईल तस्वीर ,साउन १५