राजा पृथ्वीनारायण शाहको शालिक राख्न हस्ताक्षर संकलन
साउन ३१
पोखरा – पोखराको पृथ्वीचोकमा राजा पृथ्वीनारायण शाहको शालिक राख्न हस्ताक्षर शुरु भएको छ।
यसअघि शाहको शालिक भएको ठाउँमा नै स्थानान्तरण गरिएको पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग गर्दै मंगलबार पृथ्वीचोकमा हस्ताक्षर संकलन गर्न लागिएको हो ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना गर्न दवाव दिने उद्धेश्यले स्वतन्त्र रुपमा आम जनसहभागिता गराई धेरै भन्दा धेरै हस्ताक्षर उठाउनको लागि वृहत प्रदर्शन एवं हस्ताक्षर संकलन अभियान राखिएको युवा नेता अरुण गिरीले जानकारी दिए ।
पहिले चोक खालि राख्ने बहानामा शाहको शालिक हटाइएको र पछि चोकमा शहिद लखन थापाको शालिक स्थापना गरिएपनि शान्तिपूर्ण तवरमा चोकमा शहिद लखन थापासँगै शाहको प्रतिमा राखिएकोमा त्यसलाई हटाएर इतिहासलाई मेट्ने चेष्टा गरिएको युवा नेता अरुण गिरीको भनाई छ ।
आइतबार पनि झरीको प्रवाह नगरी सयौं आम नागरिक, राजनीतिज्ञ र सामाजिक अभियान्ताको उपस्थितिमा हामीले आन्दोलन गर्यौ । आजको हस्ताक्षर संकलन अभियानमा सहभागी भएर सत्य, न्याय र इतिहासको पक्षमा उभिन आम जनसमुदायमा हामी हार्दिक अनुरोध गर्दछौं गिरिले भने।

