Gold
Bangad salyan

सुन काण्डमा एमालेका ठुला माछा पक्राउ पर्दैछन : गृहमन्त्री श्रेष्ठ

काठमान्डौ – गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपि ओलीलाई मुखै भरिको जवाफ दिएका छन।

प्रेस सेन्टर नेपाल कास्कीले हिजो शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले एमालेले छानबिन समितिको माग राख्दै संसद अवरुद्ध गर्नु दु:खद् रहेको बताए ।

यसअघि पनि विभिन्न काण्डमा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नभएको बताउँदै उनले  राज्यको संस्थागत रुपले दक्ष, जिम्मेवार र अनुसन्धानकै लागि भनेर निर्माण गरिएका संरचना, संयन्त्रहरुलाई काम गर्न दिनु पर्ने बताए ।

गृहमन्त्रीले भने हाम्रो अनुभव पनि छ । एकचोटी यस्तै काण्डमा चाहिँ संसदबाट समिति बनाइयो । त्यसको रिपोर्ट आयो सिद्धियो ।

अर्को एक पटक कमरेड केपी ओली नै प्रधानमन्त्री हुनुभएको बेलामा २२ किलो सुन काण्डका सन्दर्भमा एउटा छानबिन समिति बनाउनुभयो उहाँहरुले ।

त्यो छानबिन समितिको रिपोर्ट त आयो तर केही पनि आएन श्रेष्ठले भने, ‘न सुन आयो, न त्यसको सिफारिस कार्यान्वयनमा आयो ।

छानबिन समितितिर जानुभन्दा पेसागत रुपमा यसकै लागि विकासित गरिएका जसले अनुसन्धान र अभियोजन दुई वटै अगाडि बढाउन सक्छ, त्यहीँबाट दोषी पत्ता लगाउने श्रेष्ठले बताए ।

सीआईबीले यो अनुसन्धान अगाडि बढाउँदा नै दोषीहरु पत्ता लाग्ने र तिनिहरुलाई कानुनको दायरमा पनि ल्याउन सक्ने दाबी श्रेष्ठको छ । समिती बनायर कसले लागू गर्ने त्यसले अनुसंधान गर्दैन उनले भने । भदौ ३