Gold
Bangad salyan

बाढीले बगायको डेढ करोड रकम फेला

भदौ ३

बाग्लुङ – मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ ।

आज आइतवार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन गर्ने क्रममा उक्त रकम भेटिएको हो ।

बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि १ करोड पाँच लाख ३२ हजार नौ सय ६४ रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिए।

बाढीले प्रभु बैंकको भवन नै बगाएको थियो यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।
एक हप्तापछि आज फेला परेको रकम सुरक्षित नै रहेको पौडेलले बताए ।

प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार भल्टसँगै पैसा फेला परेको हुँदा पैसा सुरक्षित भेटियो ।