Gold
Bangad salyan

समाज सेवि भिम उपाध्यायले अश्लील कमेन्ट गर्नेलाई पाखा लगाईदिए

भदौ १९

काठमान्डौ – नेपाल सरकारका पुर्व सचिव समाजसेवि भिम उपाध्यायले खारब र अश्लील कमेन्ट गर्नेलाई पाखा लगाईदिएका छन।

उनले अहिले आफ्ना साथीहरु र साथीहरुका पनि साथीहरुले कमेन्ट गर्ने गराएका छन। उनले अफ्नो पोस्टमा आएर खराब र अश्लील फोहरी कमेन्ट गर्नेलाई बाध्य भएर रोक्नु परेको बताए ।

आफू पब्लिक फिगर भएको र कसैलाई कमेन्टमा रोकावट नगर्ने भनीएपनी केही फोहरी व्याक्तीका कारण आफू ले यो कदम चाल्नु परेको बताए ।

साथै पोस्टमा गाली गलौच गर्नेहरुलाई समेत भिम उपाध्यायले सचेत गराएका हुन।

उनको अहिले फेसबुक फ्लोर साढे ३ लाख नाघेको छ। अलत पोस्ट गर्ने दैनिक २ देखि ५ हजार व्याक्तीलाई उनले आफ्नो पोस्ट बाट हटाउने गरेका छन।

भिम उपाध्याय लेख्छन
अहिले मेरा पोष्टमा साथीहरू र साथीका साथीहरूले मात्र कमेन्ट गर्न मिल्ने गरेर सेट गरेको छु। अझा पनि खरीब फोहरी अश्लिल कमेन्ट आउने गरेका छन्। तिनलाई रोक्न साथीहरूलाई मात्र कमेन्ट गर्न मिल्ने बनाउन बाध्य हुन पर्नसक्छ तर यस्तो गर्न नपरोस् भनेर साथीहरूले आआफ्ना साथीहरूको लेखनप्रतु चनाखो भइदिएर त्यस्ताहरूलाई साथीबाट हटाउन सक्छन्। त्यतिले पनि पुगेन भने कसैलाई पनि कमेन्ट गर्न नमिल्ने बनाउन परिने हुन सक्छ।
म पब्लिक फिगर हो कसैलाई रोक्न चाहनान र हुदैन भन्ने मानता राख्छु। सोसल मिडिया मल्टिपल युजर ईन्टरयाक्टिभ प्लेटफर्म हो, यसलाई सबैले सदुपयोग गर्न प्रयास गर्नुपर्छ। गालीगलौच गर्ने प्लेटफर्म बन्न नदिन सबै सचेष्ट रहनुपर्छ। लेखनको विषयमा स्वच्छ आलोचना, प्रतिबाद, खण्डन, कडा बिरोध सधै स्वागतयोग्छ छ, तर लेखकप्रति अश्लील अपशब्दका गालीगलौच स्विकार्य छैन।