Gold
Bangad salyan

साइप्रस  पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

भदौ २९

काठमान्डौ – वैदेशिक रोजगार पठाउने भन्दै ठगी गर्ने एक जनालाई साईबर ब्युरोले पक्राउ गरेको छ।

उदयपुर बेलका नगरपालिका ५ का चेतना श्रेष्ठलाई ब्युरोले आज ललितपुर महनागरपालिका वडान १२ मंगलबजारबाट पक्राउ गरेको जनाएको छ।

उनले राधेश्याम वानियालाई वैदेशिक रोजगारीको लागि साइप्रस पठाईदिन्छु भनी रु. ७,५०,००० ठगि गरेको ब्युरोले जनाएको छ। उनलाई थप अनुसन्धान तथा  कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ।