रुकुम पश्चिमको पुर्तिङकाडा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान भिरबाट लडेर घाईते
असोज १
रुकुम पश्चिम् – रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर १ चाईनाबगरमा रहेको अस्थाई प्रहरी चौकी पुर्तिङकाडामा कार्यरत प्रहरी जवान सुवास पौडेल भिरबाट लडेर घाइते भएका छन।
उनी सहित नाम नखुलेका प्रहरी जवान गय राति ११ बजे सोही चाईनाबगरको बसनडाडामा सिभिर गस्तीमा गएको बेला भिरबाट लडेर प्रहरी जवान सुवास पौडेल सिकिस्त घाइते भएको खुलेको छ। उनको अहिले सुर्खेतको प्रहरी अस्पतालमा उपचार भैरहेको छ ।
चाईनाबगरको प्रहरी चौकीका हाल इनचार्ज गङग बहादुर वीर पाठा मगर रहेका छन । उनीले गस्ती सिभिलमा पठाएको र दुई जनालाई मात्र गस्ती पठाएको हुँदा प्रहरी ईन्चार्जमाथी नै प्रसन्न उठेको छ ।
कानुनमा राती गस्ती जादा कम्तीमामा पनि ५ जना देखि ८ जना पठाउनु पर्ने मा ईचार्जले २ जना मात्र पठाएको हुँदा घटना रहस्यमय हुँदै गएको बुझीएको हो ।
प्रहरी चौकीका ईन्चार्ज गङा बहादुर वीर पाठालाई तत्काल अनुसन्धानको दायरामा लिनु पर्ने स्थानीयले बताएका छन ।
घाइते प्रहरीको गम्भीर ठाउकोमा चोट लागेको हुँदा उनको अबस्था निकै गम्भीर रहेको छ।
प्रहरी ईन्चार्ज गङग विरले राती ११ बजे सिभिलमा गस्ती पठाएको र उनले ५ जना पठाएको भनेर घटनाको रिपोर्ट गराएका समेत खुलेको छ। तर स्थानीयका अनुसार २ जनामात्र सिभिलमा आएको पाईएको छ।
स्थानीयले तत्काल घटनाको छानबिन गरी गङा बहादुर वीर पाठा मगरलाई तत्काल कारबाहीको माग गरेका छन भने रुकुम जिल्लाको प्रहरी कार्यलाई झुटो रिपोर्ट समेत टिपाएका छन ।

