Gold
Bangad salyan

गोरख जिल्ला र देश लाईनै भ्रष्टाचार मुक्त बनाउन युवाहरु जुट्नु होला : गृहमन्त्री श्रेष्ठ

काठमान्डौ -नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अझै ठुला कान्ड पर्दाफास हुने तयारीमा रहेको बताए ।

गोरखा काठमाडौ युबा समाजद्वारा नयाँबजारको सगुन क्याफेमा भएको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन।

उनले आफू सरकारमा जानेबितिकै देश र जन्ताको हितको लागि काम गरेको र त्यो सबै जन्ताले बुझ्न समेत आग्रह गरे।
यो भन्दा पहिले गृहमन्त्री हुँदा दिनको ५० हजार गृहमन्त्रीले खर्च गर्न पाउनु पर्ने र त्यस्को कुनै बिल भर्पाई नदेखाउनु पर्ने थियो ।

तर नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुन बितोकै उनले सबै भन्दा पहोले यो निर्णय खारेज समेत गरेका थिए ।

नक्कली भुटानी शरणार्थी कान्ड ,ललिता निवास ,मिटरब्याजी देखि सुन कान्डका दोषीहरुलाई उनले जेल कोचेको जग जाहेर नै छ।

देशको हित विपरित राज्यद्रोहको काम गर्ने जोकोहि पार्टीका नेता कार्यकर्तालाई नछोड्ने कसम खाएको पनि मन्त्री श्रेष्ठले बताए ।

गोरखा जिल्ला स्थाई ठेगान भही अस्थाई रूपमा काठमाडौं बस्ने सबै राजनितिक युबाहरु संग अन्तक्रिर्या तथा भेटघाटमा बोल्दै उनले सबैले सरकारले चालेको सुसान भ्रष्टाचार मुक्त मिटर ब्याजी राज्यलाई गलत तरिकाबाट प्रयोग गर्नेको बिरूद्द युवा हरूले आवाज उठाउनुपर्छ बताए ।

यस्तै गोरख जिल्ला र देश लाईनै भ्रष्टाचार मुक्त बनाउन गोरखामा परेको दु:ख सुखमा सबै युवाहरु एक जुट हुनुपर्ने समेत गृहमन्त्री श्रेष्ठले बताए । असोज १