Gold
Bangad salyan

खेलकुद परिषदका घिसिङलाई चारवटा पार्टी आबद्ध युवा संगठनले बुझायो ध्यानाकर्षण पत्र

असोज २

काठमान्डौ – राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई चारवटा पार्टी आबद्ध युवा संगठनले ध्यानाकर्षण पत्र बुझाएको छ।

आज २ गते  त्रिपुरेश्वर दशरथ रङ्गशाला काठमाडौंमा वाईसिल नेपाल  केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पाली,युवा संगठन नेपाल संयोजक  क.पाटन सी,समाजवादी युवा संघ नेपाल अध्यक्ष  कुमार यादव ,र युवा संघ नेपाल संयोजक कुमार विश्वकर्मा लगायतको टिमले घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

संगठनले राष्ट्रको पहिचान बनाउन सफल सबै युवा खेलाडीलाई सम्मान गर्नु पर्ने , खेलाडीलाई गरिने  विभेदको अन्त्य खेलकुद क्षेत्रमा हुने अनियमितता र सबै खेलाडीहरुलाई समान व्यबहार गर्नुपर्ने माग राखेको छ।

हालसम्म सरकारको तर्फबाट सबै बिधाका खेलाडीका लागि घोषित सबैखाले आर्थिक तथा अन्य सुबिधायुक्त घोषणाहरू तत्काल उपलब्ध गराउन समेत संगठनले माग गरेको हो।
त्यस्तै सक्रिय खेल जिवनबाट विदाइ भएपश्चात खेल क्षेत्रमै काम गर्ने वातावरणको व्यवस्था मिलाउन समेत  परिषदलाइ ध्यानाकर्षण गरिएको छ।

खेलाडीलाई आश्वासन होइन प्रोत्साहन गर्न राज्य जिम्मेवार बन्नुपर्ने उनिहरुको भनाई छ। देशको ठूलो संभावना बोकेको क्रिकेट खेलको बिकास र बिस्तारका लागि आगामी आर्थिक बर्षको बजेटमा व्यवस्था हुने गरि ७ प्रदेशमा कम्तिमा ७ वटा प्रदेश स्तरीय रंगशाला निर्माण र संभावनायुक्त अन्य ठाउँमा क्रिकेट रंगशाला विस्तार गर्न अविलम्ब पहल गर्न पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ।