प्रधानमन्त्री प्रचण्डले विदेशमा छोरी चिनाउनु बाहेक केही काम गरेनन : सांसद अमरेशकुमार
असोज १४
काठमाडौं – सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री प्रचण्डको अमेरिका र चीन भ्रमणलाई तिर्थ यात्रा भनेर गैरजिम्मेवारी अभिव्यक्ति दिएका छन।
प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमण विश्वले नै सफल भएको भन्दै प्रशन्सा गरिरहेको बेला सांसद अमरेशकुमारले प्रधानमन्त्रीले विदेशमा छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको बताए ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद सिंहले प्रधानमन्त्रीको भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको टिप्पणी गरेपछि अहिले उनको चौतर्फी आलोचना भैइरहेको छ।
उनले विश्वको कुनै पनि देशको सरकार प्रमुख १० दिन विदेशमा गएर नबस्ने भन्दै प्रधानमन्त्री त्यतिका दिन विदेश बस्नुले नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने देखाएको बताए ।
सांसद सिंहले व्यस्त प्रधानमन्त्री भएको भए एक, दुई दिनको मात्रै भ्रमण हुने बबताए ।
प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको चिन भ्रमणमा तिर्थयात्रा भएको भन्दै तिर्थयात्रा गर्न प्रधानमन्त्रीको आवश्यकता नभएको बताए ।

