Gold
Bangad salyan

श्रीमानको न्याय माग्दै सर्वोच्च पुगेकी भारती बेहोस

असोज १७

काठमान्डौ – भारती मानन्धर मृतक आफ्नो श्रीमानको न्याय माग्दै सर्वोच्च पुगेको बेला बेहोस भएकि छिन।

उनको अहिले वीर अस्पतालमा उपचार हुँदै छ। श्रीमान चेतन मानन्धरको हत्यारालाई राष्ट्रपतिले आम माफी दिएको भन्दै उनले आजबाट माईतीघरमा अन्शन सुरु गरेकी छिन।

भारतीलाई न्यायदिन भन्दै देश विदेशबाट आवाज उठेको छ। नेपाली काङ्ग्रेस निकट गुन्डा नाइके रिगल योगताज ढकालले २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

तर राष्ट्रपति रामचन्द्र ढकालले असोज ३ संविधान दिवसको दिन पारेर रिगललाई आम आफि दिएका छन। हत्यारालाई आम आफि दिएको भन्दै भारतीले सर्वोच्चमा मुद्दा दर्ता गरेकी छिन भने आज देखि अन्शन सुरु गरेकी छिन।