Gold
Bangad salyan

वरिष्ठ गायिका दिलमाया खातीको निधन

असोज १७

काठमाण्डाै – वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। उनले संगीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग गीत गाएकि छिन ।

स्वर्गीय खातीले बिछोडको पीडा नसकी खप्न, दशैँको बेलामा बोलको गीत गाएकि छन। जुन अहिले पनि निकै लोकप्रिय छ । उनले एक सय ५० भन्दा धेरै नेपाली गीत गाएको साहित्यकार प्रकाश सायमीले जानकारी दिए।

यस्तै, युवा पुस्तामा गायक शैलेश सिंहसँग पनि उनले सहकार्य गरेकी छिन । सन १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मेकी खातीको हिजो राती निधन भएको हो ।
अविवाहित उनी लामो समयदेखि दमको रोगबाट पीडित रहेको खुलेको छ।

दिलमाया खाती पहिलो पटक सन् १९६२ मा काठमाण्डौ आएकि हुन। काठमाण्डौ आएका बेला आफन्तकोमा बस्दा गीत गाएकि थिईन। गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेपछि उनले नेपाली गीत गाउन थालेकी हुन।