प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै
कार्तिक १८
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा जाँदै छन्।
उद्धार र घाइतेहरुको उपचारकाे व्यवस्थानका लागि उनि स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी हाल ८० जनाको ज्यान गएको पुष्टि भएको छ ।कार्तिक १८

