Gold
Bangad salyan

जाजरकोट रुकुमपश्चिममा भूकम्पले ठाउँठाउँमा सडक अवरुद्ध

कार्तिक १८

काठमाण्डाै – जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालका अनुसार धरै ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएका छन् ।

जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएको छ । पुल भासिएर सडक अवरुद्ध भएपछि घाइतेलाई अस्पताल पुर्याउन कठिनाइ भएको छ ।

अवरुद्ध सडक खुलाएर उद्धारको काम भइरहेको डीआईजी ढकालले जानकारी दिए । उद्धारमा सहयोगको लागि उनले स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थासँग अनुरोध गरेका छन् ।