Gold
Bangad salyan

प्रहरीले बाँकेमा गोली चलायो एक जना पक्राउ

बाँके – प्रहरीले बाँकेमा गोली चलाएको छ ।ज्यान मार्ने कसुरमा फरार रहेका बैजनाथ गाउँपालिका,१ का ३० वर्षीय आकाश रानालाई प्रहरीले पक्राउ गरेको हो ।

कार्तिक ३० गते रानाले एक व्यक्तिलाई खुँडा प्रहार गरी घाइते बनाएका थिए । उनी फरार रहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि एक राउण्ड गोली चलाएर उनलाई पक्राउ गरिएको प्रहरीलेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सुवासचन्द्र बोहराका अनुसार रानाको खुट्टामा गोली लागेको छ ।

खुँडा प्रहार गरी प्रहरीको खोजीमा रहेका रानालाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि उनलाई गोली प्रहार गरी पक्राउ गरिएको हो उनले भने ।

ती व्यक्ति पटकपटक विभिन्न गैरकानुनी काममा संलग्न हुँदै आइरहेका थिए । केही समय अघि मात्रै लागूऔषध मुद्दामा ५ वर्ष जेल बसेर आएका थिए ।

त्यतिमात्र होइन गत कार्तिक २८ गते १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा कोहलपुरमा जाहेरी समेत दर्ता भएको उनले बताए । मंसिर १